काठमाडौं । कोरोनाको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको अन्तिम संस्कारपछि बन्द भएको विद्युतीय शवदाह गृह पुनः सञ्चालनमा आएको छ ।
कोरोना संक्रमित सुत्केरीलाई गएको शनिबार पशुपतिस्थित रहेको विद्युतीय गृहमा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारपछि गृहलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो । विद्युतीय शवदाह गृह आज अपराह्नदेखि नै सञ्चालनमा ल्याइएको छ ।
कोरोना संक्रमितलाई जलाएपछि ३६ घण्टा बन्द गर्नुपर्ने भएकाले सेवामा समस्या देखिएको कोषका निर्देशक राजु रेग्मीले राससलाई बताएका छन् ।
विद्युतीय शवदाह गृहमा एक पटकमा जम्मा दुईवटा लाश जलाउन सकिन्छ । कुनै बेला एकैपटक दुई जनाको मृत्यु भएको खण्डमा एकै पटक जलाउने तयारीको विषयमा कोषले सरकारसँग वार्ता गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्