Logo

डब्ल्यूएचओ विरुद्ध विश्वका ११६ देश



Spread the love


एजेन्सी । कोरोना भाइरस सम्बन्धि राम्रोसँग काम कारबाही नगरेको भनी विश्वका ११६ देशको निशानामा डब्ल्यूएचओ परेको छ । छिमेकी राष्ट्र भारतसहित अरु ११५ देश कोरोनालाई लिएर विश्व स्वास्थ्य भेलामा डब्ल्यूएचओको प्रतिक्रिया र सक्रियताको स्वतन्त्र, निष्पक्ष र विस्तृत जाँच गर्नुपर्ने उनीहरूकाे माग रहेकाे छ ।

७३ औँ विश्व स्वास्थ्य भेला आज १८ मेबाट स्वीट्जरल्याण्डको जेनेभामा सुरु हुँदैछ । कोरोना भाइरस बारेमा डब्ल्यूएचओले केही गर्न नसकेको भनी अमेरिका लगायतका विभिन्न देशहरुले विभिन्न प्रश्नहरु उठाएका छन् । अष्ट्रेलिया र यूरोपियन देशको आग्रहमा विश्वभरका ११६ देश डब्ल्यूएचओको विरुद्धमा उठेका छन् ।

विश्वभरका ११६ देशमा यूरोपका २७ देश, ब्राजिल, दक्षिण कोरिया, मेक्सिको, टर्की, न्यूजिल्याण्ड, अष्ट्रेलियाको साथमा अफ्रिकाका ५४ देशहरु सामेल भएका छन् । यहीं सूचिमा भारत, रुस, इण्डोनेसिया, जापान, बेलायत र क्यानडा पनि रहेका छन् ।

११६ वटै देशले एक ड्राफ्ट तयार पारेका छन् जसमा कोरोना भाइरसलाई नियन्त्रण गर्न डब्ल्यूएचओ असक्षम रहेकाले विश्वभर कोरोना भाइरस फैलिएको बारेमा लेखिएको छ । ड्राफ्टमा डब्ल्यूएचओले चीनलाई साथ दिई आंकडा लुकाएको पनि जनाइएको छ । जस कारणले गर्दा जाँच सुरु हुनु पर्ने ड्राफ्टमा उल्लेख गरिएको छ ।

अझैसम्म ११६ देशमा अमेरिका सहभागी भएको छ की छैन यसबारेमा भने केही पुष्टि भएको छैन । अमेरिकाले पटक-पटक डब्ल्यूएचओकाे कार्य क्षमतामाथि दाेष देखाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्