Logo

भारतमा संक्रमित र मृत्युदर बढ्याे



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण बढ्दै गएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १५७ जनाको ज्यान गएको छ भने ५, २४२ जना संक्रमित भएका छन् । पहिलो पटक एक दिनमा यति धेरै संक्रमित र मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरसबाट ९६, १६९ जना संक्रमित भइसकेका छन् भने ३, ०२९ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी निको भइ घर फर्किनेहरुको संख्या ३६, ८२४ रहेको छ ।

महाराष्ट्र, गुजरात, दिल्ली, तमिलनाडुजस्ता प्रदेशहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्