Logo

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको बच्चामा देखिएन कोरोना



Spread the love

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको बच्चामा कोरोना नेगेटिभ देखिएको छ । बच्चासहित परिवारका अन्य चार सदस्यमा नेगेटिभ देखिएको हो ।

पीसीआर परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण पाइएपछि बच्चासहित परिवारका चार सदस्यलाई आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्