Logo

क्वारेन्टाइनबाट दाङकी सुत्केरी र जुम्ल्याहा बच्चा घर फिर्ता



Spread the love

४ जेठ, दाङ – तुलसी बाल अस्पताल तुलसीपुरको आइसोलेशनमा रहेकी तुलसीपुर उपमहानगरपालिका –१३ की ३५ वर्षीया सुत्केरी अनिता यादव र जुम्ल्याहा शिशुलाई आज अस्पतालले डिस्चार्ज गरेको छ ।

आठ दिनदेखि अस्पतालको नवजात शिशु अतिसघन कक्ष (एनआइसियु) मा उपचार भइरहेका जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा किशोर खत्रीले जानकारी दिए ।


गत शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यादवले कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । घर पठाउने क्रममा अस्पतालका व्यवस्थापक प्रमुख कमला बस्नेतले पौष्टिक आहार खुवाउनका लागि सुत्केरीलाई नगद र कपडा प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्