Logo

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ



Spread the love

३ जेठ, बाँके। बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रतीकात्मक तस्बिर।

भेरी अस्पतालमा गरिएको परीक्षणमा उक्त युवामा कोरोना संक्रमण भएको पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ बर्षीय युवकको आइतबार विहान ज्यान गएको थियो ।

नरैनापुर ५ नयाँ बस्तीका युवा बैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । वाकवाकी भएर उनि क्वारेन्टाइनमा बसेको स्थानीयले जानकारी दिएका छन् । क्वारेन्टाइनमा उपचार नपाई युवाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् ।

क्वारेन्टाइनमा बसेका युवासहित नेपालमा कोरोना भाइरसबाट नेपालमा दुईजनाको ज्यान गइसकेको छ । बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्