Logo

महाराष्ट्रमा लकडाउन बढाइयो



Spread the love


एजेन्सी ।
भारतको प्रदेश महाराष्ट्रमा लकडाउन बढाइएको छ । महाराष्ट्र सरकारले राज्यमा कोरोना संक्रमणको गम्भीर अवस्थालाई मध्यनजर गर्दै ३१ मेसम्म लकडाउन बढाउने घोषणा गरेको हो ।

केन्द्रबाट घोषित गरिएको लकडाउनको अवधि आज समाप्त हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै पनि जारी राखिने बताएका छन् तर कहिलेसम्म गरिने बारेमा भने जानकारी गराएका छैनन् ।

पन्जाब सरकारले पनि ३१ मेसम्म लकडाउन गर्ने बताएको छ तर, १८ मेपछि भने प्रदेशबाट कफ्र्यु हटाउन निर्णय गरेको छ ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा ३० हजारभन्दा बढी संक्रमित भएका छन् भने १, १३५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्