Logo

चीनमाथि फेरि भड्किए ट्रम्प



Spread the love


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चीनमाथि भड्किएका छन् ।
ट्रम्पले चीनलाई विकसित राष्ट्र भएको तर अनुदान भने कम दिने गरेकाले कथित विकसित राष्ट्र भएको आरोप लगाएका छन् ।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “दशकौँदेखि हाम्रो आवादी भन्दा बढी भएको चीनले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ र विश्व व्यापार संगठनलाई निकै कम अनुदान दिने गर्दछ । तर चीनलाई विकसित देश मानिने गरिन्छ । ”

ट्रम्पले अर्को ट्वीटमा लेख्छन्, “चीनलाई अमेरिका अथवा अन्य राष्ट्रहरुको तुलनामा धेरै सहुलियत दिइन्छ । चीनबाट फैलिएको यो भाइरसभन्दा पहिला हाम्रो अर्थव्यवस्थाले सबैलाई पछाडि धकलेको थियो । हामी अरु देशको तुलनामा निकै अगाडि थियौँ । हामी फेरि पुनः आफ्नै ठाउँमा आउनेछौँ । चाँडै नै । ”

कोरोना भाइरस फैलिएपछि ट्रम्पले लगातार चीनको विरोध गरिरहेका छन् । कहिले कोरोना भाइरसलाई चाइनिज भाइरसभन्दै खेदो खनिरहेका छन् त कहिले कोरोनासम्बन्धि तथ्यांक लुकाएको भन्दै । अमेरिकी राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओले चीनको साथ दिएको भनी डब्ल्यूएचओलाई दिने अनुदान कतौटी गर्ने घोषणा पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्