Logo

कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ



Spread the love

एजेन्सी । कोरोना भाइरसको कारणले गर्दा सारा विश्वभर सन्त्रास फैलिएको छ । मानिसहरु घरमै थुनिएर बसेका छन् । विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ त ?

१. विश्वभरमा कोरोना संक्रमितको संख्या ४६ लाख २९ हजार ५७५ पुगेको छ । जोन्स होप्किन्स यूनिभर्सिटी अनुसार कोरोना भाइरसको कारणले विश्वभर ३ लाख २२ हजार ३६३ जनाको ज्यान गइसकेको छ ।

२.अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ६६ हजार ६८२ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ८७, ९९१ पुगेको छ ।

३. अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना महामारी विरुद्ध लड्ने ट्रम्प प्रशासनलाई लिएर कडा आलोचना गरेका छन् । ओबामाले शीर्ष पदमा बसेकाहरुले जिम्मेदारी नउठाएको आरोप लगाएका छन् ।

४. लकडाउन हटाउन खोजिरहेका देशहरुलाई अंकित गर्दै विश्व स्वास्थ्य संगठनले यो समय तयार रहने हो रमाइलो मनाउने होइन भन्दै चेतावनी दिएको छ ।

५. इटालीमा १८ मेबाट पसल, रेस्टुराँ, बार, सैलुन खुल्दैछन् । ३ जुनबाट यूरोपेली संघका देशका लागि इटालीमा आउने बाटो खुला गर्नेछ ।

६. स्पेनको सरकारले अन्तिम पटक आपतकालीन बढाउने कोसिस गरिरहेको छ । स्पेनमा जुनको अन्तिमसम्म आपतकालीन घडी बढाउन सकिने देखिन्छ । गएको आठ सातामा पहिलो पटक शनिबार स्पेनमा मृत्यु हुनेहरुको संख्या कम भएको थियो ।

७. इजरायलमा जुन क्षेत्रमा कोरोना भाइरसको प्रकोप कम छ त्यहाँ स्कुल खोल्न पाइने अनुमति सरकारले दिएको छ । तट पनि बुधबारबाट खोलिने छ ।

८. पोल्याण्डको राजधानीमा लकडाउनको विरोध गर्ने दर्जनौँ प्रदर्शनकारीहरुलाई प्रहमा लकडाउनको विरोध गर्ने दर्जनौँ प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । यसै गरी लण्डनमा पनि १९ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

९. टर्कीका स्वास्थ्यमन्त्रीका अनुसार टर्कीमा बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । टर्कीमा मर्नेहरुको संख्या ४, ०९६ पुगेको छ । तर, ३१ मार्चपछि भने शनिबार टर्कीमा मर्नेहरुको संख्या न्यून रहेको छ ।

१०. आयरल्याण्डमा कोरोना संक्रमितको संख्या २४, ०४८ पुगेको छ । आयरल्याण्डमा १५३३ जनाले ज्यान गुमाइसकेका छन् ।

११.बेलायतमा बच्चाहरुको कोरोना टेस्ट गरिनेछ । यदि बच्चाहरुमा देखियो भने उनका परिवारहरुको पनि टेस्ट गरिनेछ । बेलायतका शिक्षामन्त्रीले शनिबार यहीं कुराको घोषणा गरेका हुन् । बेलायतमा १ जुनबाट स्कुल खुल्नेछन् ।

१२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कथित विकासशील देश भएको भन्दै आरोप लगाएका छन् ।

१३. सिंगापुरमा कोरोनाका ४६५ नयाँ केस थपिएका छन् । यससँगै सिंगापुरमा संक्रमित हुनेहरुको संख्या २७, ६३५ पुगेको छ ।

१४. थाइल्याण्डले विदेशबाट आउने उडानको बन्देजलाई लम्बाइ जुन ३० सम्म पुर्याएको छ ।

१५.भारतमा बितेको २४ घण्टामा १२० जनाको निधन भएको छ भने ४, ९८७ जना संक्रमित भएका छन् । पहिलो पटक भारतमा यति धेरै संख्यामा संक्रमित र मृत्यु भएको हो । यससँगै कोरोनाबाट २, ८७२ जनाको ज्यान गइसकेको छ भने ९०, ९२७ संक्रमित भएका छन् ।

१६.ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या १५, ६३३ पुगेको छ भने २ लाख ३३ हजार १४२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्