काठमाडौं । धनकुटाकी १३ वर्षीय बालिकालाई यौन शोषण गरेको आरोपमा गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी पक्राउ परेका छन् । मदनलाई प्रहरीले आज पक्राउ गरिसकेको छ ।
बालिकाका आफन्तले बालिकामाथि यौन शोषण गरेको आरोपमा मुद्या दर्ता गरेका थिए । सोही मुद्याका आधारमा मदनलाई पक्राउ गरिएको हो । अन्य तीन आरोपित धनकुटाका गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगर भने हिजै पक्राउ परिसकेको प्रहरीले बताएको छ । मदन भने फरार थिए ।
प्रहरीले आरोपीहरुमाथि अनुसन्धान गरिरहेको छ । धनकुटाको आत्मारामा घर भएकी ती बालिकाको पेट बढेपछि परिवारले साेधपुछ गरेकाे थियाे । सोधपुछ गर्दा लामो समयदेखि नै यौन शोषण भएको परिवारले बताएको छ । बालिकालाई सोधपुछ गर्दा फकाइ फुल्याइ गरी यौन शोषण गरेको थाहा पाइएको हो । बालिकाको स्वास्थ्य जाँच गर्दा उनी गर्भवती भएको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्