Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

४ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय १८ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे १६ तारिखमा मात्रै भारतमा ११४ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने आज मुत्यु हुनेको संख्या ४ जना बढेका छन् ।

अहिलेसम्म भारतमा ९० हजार ७ सय जना भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण २ हजार ८ सय ७१ जनाको मृत्यु भइसकेको छ । ३४ हजार भन्दा बढी निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्