काठमाडौं । सिरहामा संक्रमण देखा परेसँगै प्रदेश–२ का सबै जिल्लामा कोरोना संक्रमण भएको छ । सिरहाका ३० वर्षीय युवकमा शनिबार कोरोना भाइरसको पुष्टि भएसँगै सबै जिल्लामा कोरोना संक्रमण भएको हो ।
यसभन्दा अगाडि प्रदेश–२ का सिरहाबाहेक अन्य सात जिल्लामा मात्र कोरोना संक्रमण देखिएको थियो । सबैभन्दा बढी संक्रमित भने पर्सामा देखिएका छन् ।
पर्सामा संक्रमितको संख्या ९१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ३, महोत्तरीमा २, रौतहटमा र सर्लाहीमा ३ सिरहा र सप्तरीमा एक जनामा र धनुषामा ४ जनामा संक्रमण भएको छ । निको भइ रौतहट र धनुषामा एक जना र पर्सामा ३ जना घर फर्किसकेका छन् । प्रदेश–२ मा संक्रमित भएका १०८ मध्ये १०३ जनाको उपचार भइरहेको छ ।
देशभरी कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्