एजेन्सी । अमेरिकाको नेसनल पब्लिक हेल्थ इन्स्चिच्युट सेन्टर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा एक जुनसम्म १ लाखभन्दा बढीको मृत्यु हुने बताएका छन् ।
सीडीसीले १२ फरक–फरक भविष्यवाणी मोडलको अध्ययनपछि यस विषयमा बताएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प मर्नेहरुको संख्यामा कम हुने विषयमा स्पष्ट हुन सकेका छैनन् । तर उनले पहिला मृत्यु कम हुने आशा देखाएका थिए । कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा कोरोनाबाट ८७ हजार ४९३ जनाको ज्यान गइसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।
ट्रम्पले मार्चको अन्त्यमा अमेरिकामा कोरोना भाइरसबाट १ लाखदेखि २ लाख चालिस हजारसम्म मानिसको ज्यान सक्ने जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्