एजेन्सी । ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेइचले राजीनामा दिएका छन् । उनले स्वास्थ्यमन्त्री भएको एक महिना नहुँदै राजीनामा दिएका हुन् ।
ब्राजिलमा एकै महिनामा दुई स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् । ब्राजिलमा एक महिनामा दुई स्वास्थ्यमन्त्रीले राजीनामा दिएको पहिलो पटक हो ।
स्वास्थ्यमन्त्री नेल्सनले शुक्रबार राजीनामा पत्र दिएका थिए ।
ब्राजिलमा कोरोना भाइरसबाट १४, ८१७ जनाको ज्यान गइसकेको छ भने २ लाख १८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्