एजेन्सी । विश्व स्वास्थ्य संगठनले चीनको साथ दिएको आरोप लगाइ अमेरिकाले डब्ल्यूएचओलाई अनुदान नदिने घोषणा गरेको थियो तर पुनः अनुदान दिन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अमेरिकी टिभी च्यानल फक्स न्यूजका अनुसार ट्रम्प प्रशासनले डब्ल्यूएचओलाई चीनले दिने अनुदान दिन सक्ने जनाएको छ ।
ट्रम्पले १४ अप्रिलमा डब्ल्यूएचओलाई चीनको साथ दिएको आरोप लगाइ अनुदान कतौटी गर्ने बताएको थियो । डब्ल्यूएचओका अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका थिए । चीनले पटक–पटक भाइरसको बारेमा केही पनि नलुकाएको बताएको छ ।
अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० करोड डलर अनुदान दिने गर्दछ । अमेरिकाले जति अनुदान डब्ल्यूएचओलाई अरु कसैले दिंदैन ।
अमेरिकाले पटक–पटक काेराेना भाइरस चीनबाटै विकसित भएकाे र डब्ल्यूएचओले चीनकाे साथ दिएकाे आरोप लगाउँदै आएकाे छ ।
प्रतिक्रिया दिनुहोस्