२ जेठ, नवलपरासी – नवलपरासीको रामग्रामस्थित क्वारेन्टाइनमा बसेका युवा मदिरा लिन गएको पाइएको छ । रामग्राम नगरपालिकाको आदर्श मावि क्वारेन्टाइनबाट २–३ जना युवा क्वारेन्टाइनबाट भागेका थिए ।
रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले दिएको जानकारी अनुसार युवाहरू क्वारेन्टाइनबाट भागेको भनिएता पनि पछि उनीहरू मदिरा लिन भएको भन्ने खुलेको हो ।
उनीहरू बिहीबार साँझ क्वारेन्टाइनबाट निस्किएका थिए । क्वारेन्टाइनबाट निस्किनेहरूले साथी मार्फत मगाएको मदिरा लिन गएको भन्ने स्वीकार समेत गरेका छन् ।
साथीले ल्याइदिएको मदिरा लिएर क्वारेन्टाइनमा फर्किने क्रममा प्रहरीले देखेपछि उनीहरू भागेका थिए ।
भागेका सबैजना क्वारेन्टाइनमा फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्