Logo

विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी । सारा विश्व कोरोनाबाट आक्रान्त भएको छ । विश्वका अधिकांश देशहरु बन्दाबन्दीको अवस्थामा रहेका छन् । कोरोनाले मानिसहरु घरमै ठप्प भएका छन् । आउनुहोस् जानौँ विश्वमा कहाँ के भइरहेको छ ?

१. विश्भवर कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या बढेर तीन लाख पार भएको छ भने करिब ४५ लाख मानिस संक्रमित भएका छन् ।

२. जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका हो । अमेरिकामा मर्नेहरुको संख्या लगभग ८६ हजार पुगेको छ भने संक्रमितको संख्या १४ लाखभन्दा बढी रहेको छ ।

३. संक्रमणको आधारमा रुस विश्वको दोस्रो सबैभन्दा बढी संक्रमित भएको देश हो । यहाँ २ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् तर मृत्युदर भने कम रहेको छ । रुसमा आजसम्म २, ३०५ मानिसले ज्यान गुमाइसकेका छन् ।

४. मर्नेहरुको संख्याको आधारमा बेलायत दोस्रो स्थानमा रहेको छ । बेलायतमा ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने २ लाख ३४ हजारभन्दा संक्रमित भएका छन् ।

५.कोरोना भाइरसको कारण अष्ट्रेलियामा करिब ६ लाख बेरोजगारी भएका छन् । यो आंकडा मार्चदेखि अप्रिल महिनाबीचको हो । बेरोजगारीको स्तर बढेर ६.२ प्रतिशत पुगेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसरी बेरोजगारी बढ्ने आशंका नगरेको बताएका छन् ।

६. अमेरिकामा बेरोजगारीको संख्या लगातार बढिरहेको छ । अमेरिकामा ३ करोड ६० लाख अमेरिकनहरु बेरोजगारी भइसकेका छन् । सन् १९३० को आर्थिक मन्दीमा पनि यस्तो भएको थिएन ।
७. इङ्ल्याण्डमा कोरोनाबाट मर्नेहरुमध्ये एक चौथाइ मधुमेहका रोगी रहेका छन् ।

८. अमेरिका र बेलायतपछि धेरै मर्ने देशहरुमा इटाली, फ्रान्स र स्पेन रहेका छन् ।

९. मास्क बाँड्ने ठाउँमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिना मास्क पुगेका छन् । बिहीबार ट्रम्प मास्क वितरण केन्द्रमा बिना मास्क पुगेका थिए । ट्रम्प मास्क नलगाएर पटक–पटक विवादमा आइरहेका छन् ।

१०. बंगलादेश, श्रीलंका र पाकिस्तानमा लकडाउ खुकुलो गर्दा मानिसको भीड बढिरहेको छ ।

११. एसियन डेभलपमेन्ट बैंकले कोरोनाबाट विश्वलाई ५.८ ट्रिलियनदेखि ८.८ ट्रिलियन अमेरिकी डलर घाटा हुनसक्ने अनुमान गरेको छ ।

१२. रुसले उत्तर कोरियालाई २५ हजार टन गहुँ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्