काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली चलाउन सक्ने भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले सक्रमित व्यक्ति भागे प्रहरीले गोली हान्न पाउने निर्णय गरेको हो ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद अधिकारी, नारायणी अस्पतालका डाक्टर मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त लगायतका विभिन्न पदाधिकारीहरू बसेका थिए ।
बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसनबाट भेन्टिलेटर फोडी दुई जना संक्रमित भागेका थिए ।
प्रतिक्रिया दिनुहोस्