Logo

भारतले चीनलाई उछिन्दै



Spread the love


एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बिहिबारसम्म भारतमा कोरोना संक्रमितको संख्या बढेर ८२, ०८५ पुगेको छ । यसमध्ये २७, ६८६ जना निको भइ घर फर्केका छन् भने २, ६४६ जनाको ज्यान गइसकेको छ । यसै रफ्तारमा भारत अगाडि बढ्यो भने भोलिसम्म चीनलाई पछाडि पार्ने छ ।

भारतमा जनवरी ३० मा पहिलो केस देखा परेको थियो । त्यसपछि २० हजार पुग्नलाई ८२ दिन लागेको थियो । तर पछिल्लो ५ दिनमा २० हजारभन्दा बढी नयाँ केस आइसकेका छन् । यानेकी सुरुवाती करिब ३ महिनामा देखिएका संक्रमित बितेका ५ दिनमा फैलिए ।

बिहिबार भारतमा ३९९५ नयाँ केस भेटिएका थिए भने १०० जनाको मृत्यु भएको थियो । भारतमा ८२, ०५२ संक्रमित छन् भने चीनमा ८२, ९९३ संक्रमित अब आज दिनभरीमा भारतले चीनलाई उछिन्ने छ ।
महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २७ हजारभन्दा बढी संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडु,गुजरात, दिल्लीजस्ता क्षेत्रहरुमा कोरोनाले बढी आक्रान्त पारेको छ ।

प्रतिक्रिया दिनुहोस्