Logo

भ्याक्सिन बनाउन चीनले समस्या नदेओस्– माइक पोम्पिओ



Spread the love


एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले ट्विटमार्फत् चीनले भ्याक्सिन बनाउने काममा कुनै पनि किसिमकाे समस्यामा नपाराेस् भनी बताएका छन् ।

माइकले ट्विट गर्दै भनेका छन्, “चीनबाटै भाइरसको जन्म भइ विश्वभर फैलिएको हो । चीनले विश्वलाई भाइरससँग सम्बन्धित जानकारी सेयर गरेको छैन । जसले गर्दा मुश्किल भएको छ । ”

अमेरिकामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि अमेरिकी सरकारको निशाना चीनमा लागिरहेको छ । अमेरिकी डोनाल्ड ट्रम्पले पनि पटक–पटक चीनीयाँ भाइरस भनी चीनलाई निशाना लगाइरहेका छन् । माइकले पनि बेला बखतमा चीनको खेदो खनिरहेका छन् ।

अर्को ट्विटमा माइक भन्छन्, “चीनले भ्याक्सिनको अनुसन्धानमा ध्यान दिनुपर्दछ । हामी यस कुरालाई निन्दा गर्छौँ र यस खालका गतिविधि रोक्नलाई अपिल पनि गर्दर्छौँ ।”

अमेरिकाले पटक–पटक डब्ल्यूएचओ पनि चीनको साथमा लागेको र भाइरससम्बन्धित जानकारी नदिएको आरोप लगाउँदै आएको छ । जस कारणले गर्दा अमेरिकाले डब्ल्यूएचओलाई दिने अनुदान कतौटी गर्ने बताएको थियाे ।

भाइरसबाट सबैभन्दा धेरै अमेरिका आतंकित भएको छ । अमेरिकामा ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब १४ लाख मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्