एजेन्सी । बुधबार ब्राजिलमा ११, ३८५ नयाँ केस भेटिएका छन् । ब्राजिलमा संक्रमितको संख्या बढ्दै जाँदा फ्रान्सलाई पछि पार्दै सबैभन्दा धेरै संक्रमित भएको मूलुकको छैटौँ स्थानमा विराजमान भएको छ ।
ब्राजिलका स्वास्थ्यमन्त्रीका अनुसार ब्राजिलमा १ लाख ८८ हजार ९७४ जना संक्रमित भइसकेका छन् । बुधबार ब्राजिलमा ७४९ जनाले ज्यान गुमाएसँगै यहाँ १३ हजार १४९ जनाको मृत्यु भइसकेको छ ।
सन् १९०० पछि पहिलो पल्ट ब्राजिलमा नराम्रोसँग अर्थतन्त्रमा असर परेको छ । ब्राजिलका अर्थमन्त्रीले सन् २०२० मा ४.७ प्रतिशतले आर्थिक गिरावट हुनसक्ने अनुमान गरेका छन् । १२० वर्षमा पहिलो पटक ब्राजिलले यति धेरै नोक्सानी उठाउने छ । क्वारेन्टाइनले गर्दा २० अर्ब रियास खर्च हुने पनि मन्त्रालयले जनाएको छ ।
ब्राजिलका राष्ट्रपतिले जनताहरु रोगले भन्दा जागिरले बढी पीडित भएको भन्दै लकडाउन खोल्ने प्रस्ताव राखेका थिए ।