Logo

थप एक जनामा देखियो कोरोना



Spread the love

काठमाडाैं । नेपालमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । भरतपुर अस्पतालका अनुसार नवलपरासी देवचुली नगरपालिका– १२ का निवासी ४९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिरामीकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २४६ पुगेको छ । अहिलेसम्म ३५ जना निकाे भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्