Logo

सन् १९१८ को स्पेनिश फ्लु



Spread the love


एजेन्सी । कोरोना भाइरसले संसार आक्रान्त पारेको छ । सारा संसार बन्दान्दीको अवस्थामा छ । कोरोना भाइरसजस्तै सन् १९१८ मा स्पेनिश फ्लुले धेरै मानिसलाई आफ्नो सिकार बनाएको थियो । त्यतिबेला २० देखि ३० सालका मानिस पनि सिकार भएका थिए । तर कोरोनाले बढी उमेर भएकाहरुलाई बढी असर गर्दछ ।

तर, सरकार र मानिसले कोरोनाबाट बच्नको लागि सन् १९१८ को स्पेनिश फ्लुको दौरान अपनाइएको तरिका अपनाउन थालिएको छ ।

पब्लिक हेल्थ इङ्ग्लाण्डले स्पेनिश फ्लु फैलिनेको अध्ययन गरेको छ ताकी कोरोना भाइरस विरुद्धको लडाइँमा एक आपतकालीन योजना तयार गर्न सकियोस् । सन् १९१८ मा पहिलो चरणभन्दा दोस्रो चरण निकै घातक भएको थियो ।

सन् १९१८ को मेमा जब स्पेनिश फ्लुबाट पहिलो मृत्यु भएको थियो तब इङ्ल्याण्ड युद्धमा व्यस्त थियो । अरु देशका सरकारहरु झैं बेलायत सरकार पनि यससँग लड्नको लागि तयार थिएन ।
सरकारले फ्लुबाट मानिसलाई बचाउनुभन्दा युद्धमा बढी ध्यान दिन लगाएको थियो भनी मानिने गरिन्छ । भीडभाडवाला सैनिकको ट्रान्सपोर्ट, लडाकु सामान बनाउने कलकारखाना, बस र रेलको माध्यमबाट फ्लु जंगलमा लागेको आगो सरह फैलिएको थियो ।

सर आर्थर न्यूजहोमले रोयल सोसाइटी अफ मेडिसिनलाई सन् १९१९ मा पठाएको रिपोर्टमा यहीं कुरा लेखिएको थियो । जुलाइ १९१८ मा उनले एक मेमोरेन्डम फर पब्लिक युज लेखेका थिए । यसमा मानिसलाई यदि बिमार भए घरमै बस्नु, भीडमा नजानु भनी सल्लाह दिइएको थियो । उक्त मेमोरेन्डमलाई सरकारले वेवास्ता गरेको थियो ।

सर आर्थरका अनुसार यदि यी नियम पालना भएको थियो भने धेरैको ज्यान बचाउन सकिन्थ्यो । त्यो बेला बेलायत सरकार जनताको स्वास्थ्यभन्दा युद्धमा बढी ध्यान दियो । स्पेनिश फ्लुको कुनै उपचार थिएन । निमोनियाको लागि एन्टिबायोटिक पनि थिएन । यस्तो अवस्थामा बिरामीको भीड अस्पतालमा लागेको थियो । त्यो समयमा संक्रमण रोक्नको लागि लकडाउन पनि गरिएको थिएन । तर, नाटकघर, डान्स हल, सिनेमा अनि चर्च केही महिनाको लागि भने बन्द गरिएको थियो । पब पनि धेरैजस्तो खुला नै हुन्थे । फुटबल लिग र एफए कप युद्धको बेलामा रोकिएको थियो । तर अरु खेलहरु रोक्नको लागि कोसिस गरिएन । पुरुष अनि महिला दुबैको प्रतियोगितामा धेरै मानिस जम्मा भएका थिए । यो सब महामारीकै दौरानमा भएको थियो ।

केही सहरको सडकमा डिसइन्फेक्टेड छरिएको थियो भने केही मानिसहरुले एन्टी जर्म मास्क लगाउन सुरु गरेका थिए । मानिसहरु स्वास्थ्य सम्बन्धी निर्देशनबारेमा स्पष्ट थिएनन् । आज झैं त्यो बेला पनि अफवाह फैलिन्थे । त्यो बेलामा चुरोट पिउँदा संक्रमण रोकिन्छ भन्ने धेरै मानिसमा भान परेको थियो ।

त्यो बेला खोकी र हाँछ्युले बिमारी फैलिने चेतावनी दिइएको थियो । हर रात सुुत्नुभन्दा पहिला आफ्नो नाकलाई साबुन पानीले धुन, रात अनि दिउँसोमा जबर्जस्ती हाँछ्यु गर्न, मफलर लगाउन, नियमित रुपमा मर्निङ वाक गर्न अनि धेरै खिचडी खान लगाइएको थियो । सन् १९१८ को महामारीबाट कुनै पनि देश अछुत थिएन । तर, यसको असर र आफ्ना जनतालाई यसबाट बचाउन सरकारले गरेको कोसिसमा भने धेरै अन्तर थियो ।

अमेरिकामा केही प्रदेशले आफ्ना नागरिकहरुलाई क्वारेन्टिनको नियम लागु गरेका थिए । केही राज्यहरुले मास्क अनिवार्य रुपमा लगाउने नियम बनाए । सिनेमा, थिएटर्स लगायतका अन्य मनोरन्जनका क्षेत्रहरु पुरै देशमा बन्द गरियो ।

अन्य सहरको तुलनामा न्यूयोर्क सहरले यस रोगविरुद्ध लड्न सफल भएको थियो । न्यूयोर्कमा मृत्युदर कम थियो । अमेरिकाका ठुला सहरमा धेरै मानिस भीड हुनबाट रोक्न असम्भव रह्यो । विशेषगरी धार्मिक स्थलमा अत्याधिक भीड हुन्थ्यो ।

महामारीको अन्त्यमा बेलायतमा २ लाख २८ हजार मानिस मरेका थिए । यसका साथै देशको करिब एक चौथाइ जनसंख्या यसबाट संक्रमित भएको थियो । स्पेनिश फ्लुबाट विश्वभर ५ कराेड मानिसकाे मृत्यु भएकाे मानिन्छ । केही समय यस भाइरसलाई हराउन कोसिस भयो । मानिसहरु सिजनल बिमारभन्दा बढी सचेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्