Logo

नारायणी अस्पतालबाट दुई संक्रमित फरार !



Spread the love

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

अस्पतालकाे स्राेत अनुसार दुबैजना अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् ।  वीरगञ्ज महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन् । अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन् ।

भागेका संक्रमितहरूकाे खाेजी कार्य भइरहेकाे अस्पतालले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्