Logo

दक्षिण कोरियामा नाइट क्लबबाट सयौँ मानिस संक्रमित



Spread the love


एजेन्सी ।
दक्षिण कोरियाको सोलमा रहेका नाइट क्लबबाट ११९ जना संक्रमित भएका छन् । र, नाइट क्लबमा जाने २२ हजार मानिसको टेस्ट गरिसकिएको छ ।

सोलमा कमसेकम १० बार र अरु क्लब पनि जाँचकर्ताको निगरानीमा राखिएको छ । यहाँ संक्रमणको पहिलो केस तब आएको थियो जब अप्रिलको अन्त्यमा नाइट क्लब पुनः खुलेको थियो ।
स्वास्थ्यकर्मीहरुले त्यस इलाकामा रहने मानिसहरुको मोबाइल, जीपीएस र क्रेडिट कार्डको आधारमा हजारौँ मानिसलाई ट्रेस गरिरहेका छन् ।

ट्रेस गरिएका मानिसहरुमध्ये एक व्यक्तिले आफ्नो आउजाउ र नोकरीको बारेमा स्वास्थ्यकर्मीहरुसँग झुट बोलेका थिए । ती व्यक्तिमा आपराधिक मुद्या चलाउन सकिन्छ । २५ वर्षीय यी शिक्षकबाट ६ छात्रसहित आठ मानिस संक्रमित भएका छन् ।

ती शिक्षकलाई उनको मोबाइल फोनबाट ट्रेस गरिएको थियो । उनले आफू शिक्षक भएको कुरा ढाँटेका थिए जसले गर्दा स्वास्थ्यकर्मीहरुलाई अन्य संक्रमितको खोजीमा समस्या भएको थियो ।
सोलमा अहिले ७०० मानिस क्वारेन्टिनमा रहेका छन् ।

दक्षिण कोरियाको संक्रामक रोग कानूनका अनुसार ती शिक्षकलाई दुई वर्षको जेल र करिब १२ लाख रुपैयाँको जरिवाना हुन सक्दछ । प्रधानमन्त्री चुंग सी–क्युंले यदि कोही कोरोना संक्रमित भएको पुष्टि भए उसको निजी डाटा डिलिट गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्