Logo

के पुटिनले पनि गरे ट्रम्पवाला गल्ती ?



Spread the love


एजेन्सी । विश्वका ठुला शक्तिशाली राष्ट्र अमेरिका र चीन त कोरोनाको चपेटामा परिसकेका छन् । अब अर्को शक्तिशाली देश पनि परेको छ, त्यो हो रुस । कोरोना भाइरसको कारणले गर्दा चीनको विश्वमा बनेको छविमा आँच आएको छ ।

मार्च महिनामा रुसमा संक्रमणको केस आएपछि त्यहाँ तीव्र गतिले संक्रमण बढिरहेको छ । संक्रमणको मामिलामा रुस दोस्रो स्थानमा आएको छ । भन्न थालिएको छ की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै रुसका भ्लादिमिर पुटिनले पनि कोरोनासँग ख्यालखट्टा गरे ।

१८ मार्चमा पुटिनले स्थिति पुरै नियन्त्रणमा रहेको बताएका थिए । पुटिनले यो पनि बताएका थिए की रुस यस मामिलामा अन्य राष्ट्रहरुको तुलनामा राम्रो स्थितिमा रहेको छ । त्यसपछि रुसमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । रुसमा संक्रमितको संख्या २ लाख २० हजारभन्दा धेरै भइसकेको छ । अहिले रुसमा भन्दा अमेरिका, स्पेन र बेलायतमा संक्रमितको संख्या धेरै रहेको छ । आज बेलुकासम्ममा रुसले बेलायतलाई जित्ने सम्भव छ ।

संक्रमितको संख्या अत्याधिक भए पनि रुसमा मर्नेहरुको संख्या भने अन्य देशको तुलनामा निकै कम रहेको छ । यस विषय सबैको लागि हैरानीको विषय बनेको छ । बेलायतमा ३२ हजारभन्दा धेरैको मृत्यु हुँदा रुसमा जम्मा करिब २ हजारको सेरोफेरोमा ज्यान गएको छ । रुसमा मृतकको संख्या कम हुनुको कारण त्यहाँको गन्ने प्रक्रियालाई मानिएको छ ।

अमेरिकामा यदि कोही व्यक्ति कोरोना पुष्टि भएको र त्यसपछि ज्यान जाँदा उसलाई मर्नेहरुको श्रेणीमा राख्ने गरिन्छ । तर रुसमा भने कोरोना पोजेटिभ पाइसकेपछि पनि मृतकलाई यस श्रेणीमा नराखिएको बताइएको छ । यद्यपि मस्को टाइम्सका अधिकारीहरुले यस आरोपलाई खण्डन गरेका छन् ।

रुसमा पुटिनको लोकप्रियता कम हुँदै गएको छ । लेवाडा सेन्टरको पोलबाट थाहा भएको छ की रुसमा पुटिनको समर्थन न्यून भएको छ ।

प्रतिक्रिया दिनुहोस्