Logo

भीम रावलका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेकपा बैठक स्थगित



Spread the love

३१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी समितिको वैठक स्थगित भएको छ। कोरोना माहामारीका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट नआएकोले बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंगलबार साँझ पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ कोरोना संक्रमित भएका थिए । आजको वैठकमा नीति तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्