Logo

कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ । विश्वका अधिकांश देशहरु बन्दाबन्दीको अवस्थामा छन् । कोरोनाले मानव जीवनलाई जटिल बनाएको छ । आउनुहोस् जानौँ कुन देशमा के–के भइरहेको छ ।

१. न्यूजिल्याण्डमा सोमबार कोरोना भाइरसबाट एक जना पनि संक्रमित भएका छैनन् । न्यूजिल्याण्डमा १४९७ जनामा कोरोना संक्रमण भएको छ भने १५ प्रतिशत उपचार गरी घर फर्किसकेका छन् । न्यूजिल्याण्डमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या जम्मा २१ रहेको छ । कुनै पनि बिरामी आईसीयूमा छैनन् । प्रधानमन्त्रीले लकडाउनमा दिइएको राहत बढाउने फैसला गरेकी छिन् । पसल, सिनेमा घर, खेल मैदान, जिमहल सबै खुल्दैछन् । सामाजिक दुरीको नियम कायम नै हुनेछ । १८ मेबाट स्कुल सामान्य रुपमा खोलिनेछ भने बार २१ मेबाट खोल्ने योजना बनाइएको छ ।
२. चीनमा मंगलबार कोरोना भाइरसको संक्रमण एक जनामा देखिएको छ । सोमबार चीनमा १७ जनामा कोरोना देखिएको थियो । १७ जनामध्ये ५ जना बुहानका थिए ।
३. ट्रम्पले आफूलाई ह्वाइट हाउसमा मास्क लगाउन आवश्यक नभएको बताएका छन् ।
४. अमेरिकामा कोरोनाको केन्द्र बनेको न्यूयोर्कमा संक्रमितको संख्या घटेपछि मे १५ बाट लकडाउन खुकुलो बनाउने संकेत दिएका छन् ।
५. बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले बेलायतमा पहिलो पटक एकदिनमा एक लाख मानिसको टेस्ट गरेको बताएका छन् । उनका अनुसार आइतबार बेलायतमा एक लाख ४९० मानिसको कोरोना टेस्ट गरिएको थियो । जोनसोनले मानिसलाई सकेसम्म घरमै बस्नको लागि आग्रह गरेका छन् ।
६. जर्मनीकी चान्सलर एंगेला मर्केलले मानिसहरुलाई सामाजिक दुरी कायम गर्नको लागि आग्रह गरेकी छिन् । सामाजिक दुरी कडाइका साथ नमान्दा जर्मनीमा कोरोना संक्रमणका मामिला तिव्र गतिमा बढेको थियो ।
७. रुसमा जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार बितेको २४ घण्टामा ११, ६५६ नयाँ केस भेटिएका छन् । यसका साथै रुसमा २ लाख २१ हजार ३४४ जना संक्रमित भेटिएका छन् भने २००० भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारबाट लकडाउन खुकुलो बनाउने बताएका छन् ।
८. जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा १३ लाख ४७ हजार १५१ जनामा संक्रमण देखिएको छ भने ८० हजार ३७८ जनाको ज्यान गएको छ ।
९.फ्रान्स र स्पेनले लकडाउनमा बिस्तारै बिस्तारै छुट दिइरहेको छ । यी दुबै देशमा संक्रमण रोक्न कडा प्रतिबन्ध लगाइएको थियो ।
१०. ब्राजिलमा बितेको २४ घण्टामा ५६३२ नयाँ संक्रमित भएका छन् भने ३९६ जनाको ज्यान गएको छ । ब्राजिलमा १ लाख ६८ हजार ३३१ जना कुल संक्रमित छन् भने ११ हजारभन्दा बढीको ज्यान गएको छ ।
११. अमेरिकामा सोमबारसम्म ९० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । जसमा १३ लाखभन्दा बढी कोरोना संक्रमणका बिरामी रहेका छन् । जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा ८०, ०८७ जनाको ज्यान गएको छ ।
१२. भारतमा ६७ हजारभन्दा धेरै संक्रमित भएका छन् भने २२०६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्