Logo

नेपालमा कोरोना संक्रमण तीव्र, एकैदिन भेटिए २ दर्जन संक्रमित



Spread the love

२९ बैशाख, काठमाडाैँ – नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । आज एकैदिन नेपालमा २४ जनामा कोरोना संक्रमणको पुष्ट भएसँगै कोरोनाले नयाँ गति लिएको हो ।

नेपालमा आज भेटिएका संक्रमितको संख्या अहिलेसम्म कै सबैभन्दा धेरै हो । आज सबैभन्दा धेरै कोरोना संक्रमणको पुष्टि भएको जिल्ला कपिलवस्तु रहेको छ ।

कपिलवस्तुमा आजमात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी बर्दिया, सप्तरी र रूपन्देहीमा गरी जम्मा २ दर्जनमा एकैदिन कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष तथा बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिकामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्