Logo

१५ जना संक्रमित भेटिएपछि कपिलवस्तु पूर्णरूपमा सिल



Spread the love

२९ वैशाख, कपिलवस्तु । प्रदेश पाँचको कपिलवस्तुमा कोरोनाका बिरामी धमाधम भेटिएपछि जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सील गर्ने निर्णय गरेको छ । वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्ला बन्द राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

“कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेकाले राजपत्रमा प्रकाशित अति आवश्यकीय वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ लगायत) दिइने छ । जिल्लाभित्र गुड्ने सबै सवारी साधन, मानिसको आवतजावतमा पूर्णतः रोक लगाइएको छ,” पौडेलले भने ।

कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्