Logo

विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी ।
विश्वभर कोरोनाको सन्त्रास छाइरहेको छ । मानिसहरु घरभित्रै बन्दाबन्दीको अवस्थामा छन् । कोरोनाले हर क्षेत्रमा नराम्रोसँग प्रभाव पारेको छ । आउनुहोस् जानौँ कहाँ के भइरहेको छ ।

१.लकडाउनको बेलामा मस्जिद खोल्नुका साथै पाकिस्तान सरकाले प्रतिबन्धमा पनि खुकुलो बनाउँदै छ । पाकिस्तानमा कोरोना भाइरसबाट ३० हजारभन्दा बढी संक्रमित भएका छन् भने ६६० जनाले ज्यान गुमाइसकेका छन् ।

२. यूरोपभरीमा अमेरिकाभन्दा बढी संक्रमित रहेका छन् । धेरै संक्रमित स्पेनमा आए पनि मर्नेहरुको सङ्ख्या भने बेलायतमा बढी रहेको छ ।

स्पेन– २ लाख २४ हजार ३५० संक्रमित, २६, ६२१ जनाको मृत्यु
जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार
बेलायत– २ लाख २० हजार ४४९ संक्रमित, ३१ ह्जार ९३० जनाको मृत्यु
इटाली– २ लाख १९ हजार ७० संक्रमित, ३० हजार ५६० जनाको मृत्यु
रुस– २ लाख ९ हजार ६८८ संक्रमित, १, ९१५ जनाको मृत्यु
फ्रान्स– १ लाख ७७ हजार ९४ संक्रमित, २६ हजार ३८३ जनाको मृत्यु
जर्मनी– १ लाख ७१ ह्जार संक्रमित ८७९ संक्रमित, ७, ५६९ जनाको मृत्यु
बेल्जियम– ५३ हजार ८१ संक्रमित, ८, ६५६ जनाको मृत्यु
नेदरल्याण्ड– ४२ हजार ८२६ संक्रमित, ५, ४५९ जनाको मृत्यु

३. भारतमा गएको २४ घण्टामा ४, २१३ नयाँ केस दर्ता भएसँगै संक्रमितको सङ्ख्या ६७ हजार १५२ पुगेको छ । २, २०६ जनाले ज्यान गुमाएका छन् भने २०, ९१६ बिरामी संक्रमणपछि निको भइ घर फर्केका छन् ।

४. कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थव्यवस्था सुधार्नको लागि साउदी अरबले ३ गुणा भ्याट बढाउने फैसला गरेको छ । सरकारी न्यूज एजेन्सीका अनुसार जुलाइबाट लागु गरिनेछ ।

५. चीनको सुलान सहरमा कोरोना भाइरसको संक्रमण भेटिएपछि लकडाउन सुरु गरिएको छ । सरकारी मिडियाका अनुसार बितेको २४ घण्टामा ११ जनामा संक्रमण देखिएको छ । सहरको सार्वजनिक स्थानलाई बन्द गरिएको छ र स्थानीय प्रशासनले मानिसहरुलाई घरमै बस्न अनुरोध गरेको छ । यसै गरी सार्वजनिक यातायातमा पनि निषेध गरिएको छ ।

६. बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन अहिल्यै नहटाउने बताउँदै मानिसहरुलाई सावधानी अपनाउन अपिल गरेका छन् । उनले सात सातादेखि बन्द भएको आर्थिक गतिविधि फेरि सुचारु गर्ने योजना पनि बनाएका छन् ।

७. जर्मनीमा लकडाउन फितलो गर्दा संक्रमितको सङ्ख्या बढ्न थालेको छ । फेरि पुरानै अवस्थामा संक्रमितको सङ्ख्या बढ्ने कुरामा चिन्ता जनाउन थालिएको छ ।

८.स्पेनमा १५ मार्चपछि आइतबार कोरोना भाइरसबाट मर्ने मानिसको सङ्ख्या सबैभन्दा कम रहेको छ । स्पेनमा लकडाउनको आदेशलाई कडा रुपमा लागु गरिएको छ ।

९. रुसमा बितेको २४ घण्टामा ११, ०१२ जनामा संक्रमण देखिएको छ । यसका साथै रुसमा २ लाख ९ हजार ६८८ जना संक्रमित भएका छन् ।

१०. दक्षिण कोरियामा संक्रमणको नयाँ मामिला देखिएपछि कोरोना भाइरसको दोस्रो चरण भनी चेतावनी जारी गरेको छ ।

११.चीनका अधिकारीहरुले उत्तर पूर्वी चीनमा कोरोना भाइरसको दोस्रो चरण सुरु भएको भनी चेतावनी जारी गरेको छ ।

१२. टोकियोमा कोरोना संक्रमितको बिरामीको लागि अस्पतालमा तयार गरिएका ९० प्रतिशत बेड भरिएको छ । जापानका स्वास्थ्यमन्त्रीले यस विषयमा आइतबार जानकारी गराएका थिए ।

१३. अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्रशासनले शुक्रबारदेखि रेस्टुरेन्ट, खेलको मैदान र आउटडुअर पुल खोल्नको लागि अनुमति दिएको छ । अत्याधिक मात्रामा परीक्षण गर्दा पनि यहाँ कोरोना संक्रमितको सङ्ख्या कम देखिएको छ ।

१४.अमेरिकाका उप–राष्ट्रपति माइक पेन्स सेल्फ क्वारेनटाइनमा बसेका छन् ।
१५.जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा १३ लाख २७ हजार ७२० संक्रमित भएका छन् भने ७८, ४९५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्