Logo

नेपाली भूमि अतिक्रमण गरेर भारतले लिपुलेकमा सडक बनाएकोमा नेविसंघको विरोध प्रदर्शन



Spread the love

नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएकोमा नेविसंघ पाटन इकाई कमिटीले विरोध प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनाल, विद्यार्थी नेता विश्व लामा , रुपक न्यौपाने, सुवास पोख्रेल लगायतको उपस्थितिमा सामाजिक दुरी कायम राख्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । भारतले नेपाली भूमि फिर्ता नगरे देश बचाउन जस्तो सुकै बलिदान दिन पनि विद्यार्थी तयार रहेको उनिले बताए । भारतले नेपाली भूमि मिचेर सडक नै निर्माण गरेको मिडियामा सार्वजनिक भएपछि नेपालमा चौतर्फी विरोध भएको छ । नेपाली भूमि फिर्ता गर्न माग गर्दै विद्यार्थी देखि सांसदहरूले सम्म आवाज उठाइरहेका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्