Logo

डब्ल्यूएचओद्धारा जर्मनीको न्यूजको खण्डन



Spread the love


एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले जर्मनीको एक न्यूज पाेर्टलकाे समाचारलाई खण्डन गरेको छ । जर्मनीको उक्त न्यूजमा चीनले विश्व स्वास्थ्य संगठनलाई विश्वव्यापी रुपमा चेतावनी दिन ढिला गरेको भनी बताएको थियो ।

प्रस्तुत रिपोर्ट अनुसार २१ जनवरीमा चीनका राष्ट्रपति सी जिनपिंग अनि विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर ट्रेडोसबीच कुराकानी भएको थियो ।

जर्मन न्यूज वेबसाइटले जर्मनीको गुप्त एजेन्सी बीएनडीद्धारा चीनले डब्ल्यूएचओसँग कुरा गरेर विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रचार गर्न ढिला गरेको भनी दाबी गरेको थियो ।

बीएनडीले चीनीयाँ राष्ट्रपति सी जिनपिंग र डाक्टर टेड्रोसबीच २१ जनवरीमा भएको फोनवार्तामा यहीं विषयमा छलफल भएको दाबी गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठनले यस दाबीलाई खण्डन गरेको छ ।

विश्व स्वास्थ्य संगठनले ट्वीट गर्दै डाक्टर र चीनीयाँ राष्ट्रपतिबीच कुरा भएको छैन । यो सरासर झुटो अफवाह हो । यसमा कुनै आधार छैन । यस्तो खालको खबरले कोरोना विरुद्धको लडाइँमा खलबल पुग्ने भनी बताएको छ ।

प्रतिक्रिया दिनुहोस्