Logo

मेलबर्नमा लकडाउनको विरोधमा प्रदर्शन



Spread the love


एजेन्सी । अष्ट्रेलियाको मेलबर्न सहरमा लकडाउनको विरोधमा प्रदर्शन भएको छ । प्रहरीले १० प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

भिक्टोरिया प्रदेशको राजधानी मेलबर्नमा लगभग १५० मानिसले प्रदेशको संसाद भवनको बाहिर धर्ना दिएका थिए । प्रहरीले प्रदर्शनकारीहरुलाई लकडाउन नियम उल्लंघन गरे वापत १६०० अष्ट्रेलियन डलर जरिवाना तिर्न पर्ने बताएको छ ।

अष्ट्रेलियामा चरणबद्ध ढंगले लकडाउन खुकुलो बनाइंदै छ । यसै गरी जुलाइसम्म देशको अर्थव्यवस्था कोरोना मुक्त गराउने योजना अष्ट्रेलियाको रहेको छ ।

मेलबर्नमा कोरोना संक्रमण बढेपछि भिक्टोरिया प्रदेशले लकडाउन खुकुलो बनाउने प्रक्रियालाई वेवास्ता गरेको छ । मेलबर्नमा मात्र प्रदर्शन नभई अमेरिका, ब्राजिल लगायतका अन्य देशहरुमा पनि लकडाउनको उल्लंघन गर्दै प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्