Logo

६० वर्षीय कोरोना संक्रमितद्धारा आत्महत्या



Spread the love


एजेन्सी ।
भारतमा कोरोना संक्रमितले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने ६० वर्षीय व्यापारी हुन् । उनी मे ७ मा अस्पतालमा भर्ना भएका थिए ।

मुम्बइको अंधेरी इस्टमा रहेको सेभेनहिल्स अस्पतालको छतमा उनले आफ्नो लगाएको पाइजामाद्धारा झुण्डेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी सेभेनहिल्समा उपचाररत थिए ।
प्रहरीका अनुसार उनी पहिला राजवाडी अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनी मे १ मा कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो । मे ७ मा उनलाई सेभेनहिल्स अस्पतालमा सिफ्ट गरियो ।

सेभेनहिल्स अस्पताल

प्रहरीले घटना शनिबारको दिउँसो करिब १ बजे भएको अनुमान गरेको छ । डाक्टर र नर्स उनलाई चेक गर्न जाँदा उनी बेडमा थिएनन् । त्यसपछि वार्ड ब्योइज र सेक्युरिटी गार्डले उनलाई खोज्न सुरु गरे र करिब ३ बजे छतमा झुण्डिएको अवस्थामा भेटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्