Logo

राष्ट्रपतिले खारेज गरिसकेका दुई अध्यादेशहरु सरकारद्वारा सदनमा प्रस्तुत



Spread the love
बैशाख १२ गते राष्ट्रपतिबाट खारेज भएका २ अध्यादेशहरू

२८ बैशाख, काठमाडाैँ – सरकारले शुक्रबारको संसद्मा राष्ट्रपतिले खारेज गरिसकेका अध्यादेशरू प्रस्तुत गरेको छ । कानूनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले शुक्रबारको संसद्मा बैशाख १२ गते नै खारेज भएका २ अध्यादेशहरू प्रस्तुत गरेकी हुन् ।

‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ ।’ नाम अध्यादेश कानुनमन्त्री तुम्वाहाम्फेले प्रस्तुत गरिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासले पुरानो ऐनलाई जगाउने अध्यादेश जारी गरेको कुनै सूचना ननिकाले पनि तुम्वाहाम्फेले बैशाख १२ गते नै पुरानो ऐनलाई जगाउने अध्यादेश जारी भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्