Logo

बाबुरामद्धारा संसदमै प्रधानमन्त्रीको राजीनामा माग



Spread the love

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् ।

कोरोना भाइरसको संकटमा प्रधानमन्त्री केपी ओली संवैधानिक निकायमा कब्जा जमाउन खोज्नु, पार्टी फुटाउन खोज्नु र सांसद अपहरणमा पनि संलग्न भएको आरोप लगाउँदै नैतिकताका आधारमा राजीनामा माग गरेका हुन् ।

संसद बैठकलाई सम्बोधन गर्दै बाबुराम भट्टराईले भने, “कुर्सीमा बस्दैमा कोही महान हुँदैन । अनावश्यक कार्यमा संलग्न भएर प्रधानमन्त्रीले आफैमाथि अन्याय गर्नु भएको छ । यस्तो संकटको घडीमा लोकतन्त्र र छवि बचाउन उहाँले नैतिकताको आधारमा राजीनामा दिनु पर्दछ । तंपाईको राजीनामाले देशले निकास पाउनेछ ।”

प्रतिक्रिया दिनुहोस्