Logo

नेकपाको संसदीय दलको बैठक संसद अधिवेशन अगाडि नहुने



Spread the love
P

काठमाडौं । यहीं शुक्रबारबाट सुरु हुने भनिएको संसदीय दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नबस्ने भएको छ । नेकपाले संसदको बजेट अधिवेशन अगाडि संसदीय दलकाे बैठकमा नबस्ने बताएकाे हाे ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना जारी गर्दैै कोरोना भाइरसको संक्रमणपछि सिर्जना भएको अवस्थाको कारणले गर्दा बैठक बस्न नसकेको जानकारी दिएका छन् ।

कोरोनाले गर्दा सामाजिक दूरी कायम गरी बैठक बस्न असम्भव भएको र अन्य साना बैठकहरु आवश्यकताका आधारमा बस्न सकिने छ । आगामी दिनमा साना खालका बैठक भने हुन सक्नेछ ।

आवश्यकता अनुसार अन्य छलफल, भेटघाटको आयोजना हुने पनि बताइको छ ।

प्रतिक्रिया दिनुहोस्