काठमाडौं । पत्रकारिताको क्षेत्रमा सिर्जनशील बनेकी कान्तिपुर दैनिककी पत्रकार बिनु सुवेदीलाई गोपाल गोतामे स्मृति पुरस्कारद्धारा सम्मानित गरिने भएको छ ।
राजनीतिक र सामाजिक विषयवस्तुमा कलम चलाउँदै आएकी सुवेदीलाई पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पुरस्कार दिन थालेको छनोट समितिले बताएको छ । सिर्जनशील पत्रकारिता पुरस्कारमा १० हजार रुपैयाँ धनराशि र ताम्रपत्र रहेको छ ।
प्रस्तुत पुरस्कार वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमले वरिष्ठ पत्रकार गोपाल गोतामेको नाममा स्थापित गरेको पुरस्कार हो । प्रत्येक वर्ष बैशाख २५ मा मनाइने आख्यान दिवसका अवसरमा पुरस्कार घोषणा गरेको ध्रुवचन्द्र गौतमले जनाएका छन् । साउन ७ गते पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्