Logo

प्रधानमन्त्री निवास बालुवाटारमा ओली-प्रचण्डको छुट्टै वार्ता



Spread the love

२६ वैशाख, काठमाडौं । संसद बैठक सुरु हुनुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भेटवार्ता भएको छ। प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, लगायतका नेताहरु बालुवाटार पुगेर छलफल गरेका हुन् ।

दुई अध्यक्षबीच संसदको बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सपकोटाले जानकारी दिए ।

संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। तयारी नपुगेको भन्दै वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटि बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्