Logo

प्रचण्ड भन्छन् ‘दुई दिनभित्रै स्थायी कमिटी बैठक बोलाउँछौं’



Spread the love

२५ वैशाख, काठमाडौं । बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठक तय भएको थियो । तर एजेण्डा नभएको लगायतका कारण देखाएर अन्तिम समयमा आएर स्थगित भएको छ ।

बैठकमा सचिवालय स्तरका कोही पनि सहभागि छैनन् । अध्यक्षद्धय ओली र दाहालले बैठक रोक्ने निर्देशन दिएपछि औपचारिक बैठक नबसेपछि स्थायी कमिटीका सदस्यहरु आफैं छलफलमा जुटेका एक सदस्यले बताए । बैठकमा २० भन्दा बढी स्थायी कमिटी सदस्य सहभागित छन् । अझै आउँने क्रम भने जारी नै रहेको उनले बताए ।

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपीशर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको उनले बताए। संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने ‘अलि गृहकार्य नपुगेकै हो, दुबै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौँ।’

प्रतिक्रिया दिनुहोस्