Logo

अमेरिकामा चीनीयाँ प्रोफेसरको हत्या हुँदा सनसनी फैलियो



Spread the love


एजेन्सी । ३७ वर्षका बिंग ली शनिबार आफ्नो घरमा मृत अवस्थामा फेला परे । उनी युनिभर्सिटी अफ पिट्सबर्गमा स्कुल अफ मेडिसिन विभागमा असिस्टेन्ट प्रोफेसरको रुपमा काम गर्दथे ।

लीको साथमा काम गर्नेहरुका अनुसार उनी कोरोना भाइरसलाई लिएर महत्वपूर्ण खोजको नजिक थिए । त्यसपछि उनको अनलाइन मिडियामा हत्या भएको समाचार आयो । प्रहरीका अनुसार हत्या गर्नेले पछि आफै आत्महत्या गरेको थियो ।

स्थानीय प्रहरीका अनुसार पिट्सबर्गमा बिंग लीको टाउको, हातखुट्टा, गर्धन र घाँटीभन्दा तल र कम्मरभन्दा माथिल्लो भागमा गोली लागेको थियो । गोली हान्ने व्यक्ति ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गु रहेको शंका गरिएको छ । अधिकारीहरुका अनुसार कारबाट फर्किने बेलामा उसले आफ्नो ज्यान आफै लियो ।

बिंग ली र हाउ गु एकले अर्कालाई राम्रोसँग चिन्दथे । अनुसन्धान गर्दा पहिला हत्या अनि त्यसपछि आत्महत्या भएको पत्ता लागेको छ । अनुसन्धाताहरुले कोरोनाको शोध र उनको हत्याबीच कुनै सम्बन्ध नभएको जानकारी गराएका छन् ।

लीका साथीले उनलाई उल्लेखनीय शोधकर्ताको दर्जा दिई उनको अधुरो काम पुरा गर्ने कुरा गरेका छन् । ली चीनीयाँ नागरिक थिए । उनले सिंगापुरबाट स्नातक र पीएचडीको डिग्री हासिलगरेका थिए । त्यसपछि उनी शोधको लागि अमेरिका आएका थिए ।

सामाजिक सञ्जालमा लीको मृत्युलाई लिएर धेरैले यो दुर्घटना सनसनीपूर्ण भएको बताएका छन् । लीको मृत्युलाई लिएर कसैले अमेरिकालाई दोष दिएका छन् त कसैले चीनलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्