Logo

विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ । अधिकांश देशमा लकडाउन गरिएको छ । आउनुहोस् जानौँ कहाँ के भइरहेको छ ?

१.वल्र्ड मिटरका अनुसार विश्वभर ३८ लाख ३४ हजार ३८ कोरोना भाइरसका संक्रमित रहेका छन् भने २ लाख ६५ हजार २३८ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ । अमेरिकामा १२ लाख ६३ हजारभन्दा बढी संक्रमित रहेका छन् भने ७४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

२. साउदी अरेबियामा फंसेका भारतीय नागरिकहरुलाई भारत ल्याउनको लागि पाँच विशेष उडान चल्ने भएको छ । करिब १ हजार भारतीयलाई फिर्ता ल्याइनेछ ।

३. जर्मनीकी चान्सलर एंगेला मर्केलले कोरोना भाइरसको महामारी एक वर्षभन्दा कम नहुने बताएकी छिन् । उनले एक दिन पहिला लकडाउन खुकुलो बनाउने घोषणा गरेकी थिइन् तर भाइरसका संक्रमित बढे भने विचार गर्नु पर्ने जनाएकी छिन् ।

४. ब्राजिलमा बुधबार कोरोना भाइरसबाट एकैदिनमा ६१५ जनाको ज्यान गएको छ । ब्राजिलमा पहिलो पटक यति धेरैको मृत्यु भएको हो । ब्राजिलमा ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
५. बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको सङ्ख्या ३०,०७६ पुगेको छ । अमेरिकापछि धेरै मृत्यु हुने देश बेलायत भएको छ ।

६. पाकिस्तानमा गएको २४ घण्टामा कोरोना भाइरसबाट ४० जनाको ज्यान गएको छ भने १, ०४९ जना संक्रमित भएका छन् । यसका साथै पाकिस्तानमा संक्रमित हुनेहरुको सङ्ख्या २२ हजार नाघेको छ भने ५६४ जनाको ज्यान गइसकेको छ । पाकिस्तानमा १० मेबाट रेल सेवा सुरु गरिने त्यहाँको मिडियाले जनाएको छ ।

७. बंगलादेशमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । बुधबार बंगलादेशमा ७९० नयाँ संक्रमित भेटिएका छन् । बंगलादेशमा ११ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १८६ जनाको मृत्यु भइसकेको छ ।

८.श्रीलंकामा ७९७ जना संक्रमित भएका छन् भने ९ जनाको ज्यान गएको छ ।

९. भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ५२ हजार ९५२ पुगेको छ भने १७८३ जनाले ज्यान गुमाएका छन् । भारतको महाराष्ट्र, गुजरात, दिल्ली, तमिलनाडुजस्ता प्रदेशमा बढी फैलिएको छ ।

१०. बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले अब आउने हप्तामा लकडाउनमा छुट दिने योजनामा काम गरिरहेको बताएका छन् ।

११. स्पेनका प्रधानमन्त्री सान्चेसले लकडाउन अचानक खोल्नु ठीक नहुने बताएका छन् । उनले लकडाउन बढाउन सांसदमा माग गरेपनि विपक्षी दल भने यस मागको खारेज गरेको छ ।

१२. इन्टरनेसनल काउन्सिल अफ नर्सेजका अनुसार विश्वभर कम्तिमा पनि ९० हजार स्वास्थकर्मी संक्रमित भइसकेका छन् । तर, वास्तविक सङ्ख्या यसभन्दा दोब्बर पनि हुन सक्छ । करिब २६० भन्दा बढी नर्सले ज्यान गुमाइसकेका छन् । स्वास्थकर्मीहरुलाई पीपीईको कमी भएको रिपोर्ट आइरहेको छ ।

१३. बुधबार कोरोना भाइरसबाट १६८० जना संक्रमित थपिएपछि इरानमा तनाव बढेको छ । ११ अप्रिलपछि पहिलो पटक यति धेरै संक्रमित भएका हुन् । इरानमा कुल संक्रमितको सङ्ख्या एक लाख कटेको छ । इरानमा ६, ४१८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्