Logo

बुद्ध जयन्ती मनाइंदै



Spread the love


काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान सिद्धार्थ गौतमको जन्म भएको र उनले विश्वभर शान्ति स्थापनाको लागि पुर्याएको योगदानको स्वरुप मनाइने गरिन्छ । आज २५६४ औं बुद्ध जयन्ती हो । बुद्धलाई भगवान विष्णुको नवौँ अवतारको रुपमा पनि मान्ने गरिन्छ । बुद्ध जयन्ती विसं २००८ जेठ ८ गतेको बुद्धजयन्ती दिनदेखि यता देशभर सार्वजनिक बिदा दिइ मनाउन थालिएको हो ।

खासमा बुद्धको जन्म, ज्ञान आर्जन र मृत्यु जीवनकै तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाको तिथिमा परेको थियाे । आज नेपाल लगायतका विभिन्न देशका बौद्ध धर्मावलम्बीहरुले बुद्धप्रति श्रद्धाभाव गर्दै बुद्ध जयन्ती मनाउँछन् । कोरोना भाइरसको कारणले गर्दा यस पाली आम मानिसलाई घरमै बसेर मनाउनको लागि सरकारले आग्रह गरेको छ ।

गौतम बुद्धको जन्म २५६४ वर्षअगाडि कपिलबस्तुको लुम्बिनी उद्यानमा भएको थियो । उनले २९ वर्षको उमेरमा नै दरबार छाडी ज्ञानको खोजीमा निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्