Logo

कोरोना भाइरस बुहानको प्रयोगशालाबाट उत्पन्न भएको हो– माइक पोम्पिओ



Spread the love


एजेन्सी । अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले कोरोना भाइरस बुहानको प्रयोगशालाबाट उत्पन्न भएको दाबी गरेका छन् ।

पोम्पिओले फक्स न्यूजसँग अन्तरवार्तामा बोल्दै भने, “ हामीले यस सम्बन्धमा विभिन्न जानकारी खोजेका छौँ । म उक्त जानकारी बारेमा बोल्न सक्दिंन । तर हामीसँग भएको जानकारीमा पुरा भरोसा छ । भाइरस बुहानको प्रयोगशालाबाट नै निक्केको हो ।”

“जे भइरहेको छ, नहुनुपर्ने थियो । हामीलाई थाहा छ कि यो भाइरस बुहानबाट निस्किएको हो । हामीलाई थाहा छ कि चीनलाई यस बारेमा डिसेम्बरमा नै जानकारी थियो । तर, उनीहरुले यस विषयमा मतलब गरेनन् अनि विश्व स्वास्थ्य संगठनले चीनको आग्रहमा महामारीको घोषणा गर्यो ।” पोम्पिाओले थपे ।

पोम्पिओले डब्ल्यूएचओको मामिलामा दोस्रो पटक असफल हुनको लागि अनुमति दिनु स्वीकार नहुने जनाएका छन् । अमेरिकाले डब्ल्यूएचओलाई चीनको सपोर्ट गरेको र तथ्यांक लुकाएको आरोप लगाएको थियो । यति मात्र नभइ अमेरिकाले डब्ल्यूएचओलाई दिने अनुदानमा पनि कतौटी गरेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाबाट १२ लाख ६३ हजारभन्दा बढी संक्रमित रहेका छन् भने ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्