Logo

भारतमा ग्याँस लिक हुँदा ८ जनाको मृत्यु, ५ हजारभन्दा बढी बिरामी



Spread the love

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा केमिकल ग्याँस लिक हुँदा हुँदा ८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ८ बर्षकी बच्ची पनि परेकी छिन् दुर्घटनामा ५ हजारभन्दा बढी बिमारी भएका छन् । एक्कासि ग्याँस लिक हुँदा मानिसहरु सास फेर्न गाह्रो भएपछि चारैतिर बेहोश भएका थिए । बिरामीहरुलाई अस्पताल पुर्याउन थालिएको छ । बुढाबुढी र बच्चाको अवस्था निकै नाजुक रहेको छ ।


विशाखापट्टनममा रहेको एलजी पोलिमर उद्योगमा ग्याँस लिक भएको थियो । ग्याँस लिक हुँदा बित्तिकै उद्योगको ३ किलोमिटरको आसपास त्राश फैलिएको थियो । बिरामीहरुलाई सास फेर्न गाह्रो र उनीहरुको आँखामा पीडा भएको छ । बेहोश भइ कोही नालीमा खसेका थिए भने कोही सडकमै पल्टिएका थिए ।

घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले मानिसहरुलाई घरबाहिर निस्की सुरक्षित स्थानमा जानको लागि आग्रह गरेको छ । घटनाबारेमा अनुसन्धान भइरहेको तर कारण अझै खुल्न नसकेको भारतीय मिडियाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्