Logo

भारतमा २४ घण्टामा ३५ सयभन्दा बढी संक्रमित, संक्रमितको सङ्ख्या ५२ हजार नाघ्यो



Spread the love


एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ५२ हजार कटेको छ । बितेको २४ घण्टामा भारतमा ३, ५६१ नयाँ केस देखिएका छन् भने ८९ जनाको ज्यान गएको छ । यससँगै भारतमा संक्रमित हुनेहरुको सङ्ख्या ५२ हजार ९५२ पुगेको छ भने १, ७८३ जनाले ज्यान गुमाएका छन् । १५ हजार २६७ जना निको भइ घर फर्केका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश भएको छ । महाराष्ट्रपछि गुजरात, दिल्ली, तमिल नाडु, मध्यप्रदेश लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्