Logo

विद्यालय तहमा संस्कृत विषयको पठनपाठन हुने, पाठ्यक्रम पनि तयार



Spread the love

२४ बैशाख, काठमाडाैँ – सरकारले कक्षा १ देखि नै विद्यालय तहमा संस्कृत विषयको पठनपाठन सुरू गर्ने भएको छ । शिक्षा मन्त्रालयले जानकारी दिए अनुसार यही शैक्षिक सत्रबाट नै विद्यालय तहमा संस्कृत विषय पठनपाठन सुरू गर्ने तयारी भइरहेको छ ।

संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएकोमा यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ ।

भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्न गरेको सिफारिसका आधारमा काम भएको केन्द्रको भाषा शाखाका निर्देशक टुकराज अधिकारीले बताएका छन् ।

संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो । पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपुस्तक चालू शैक्षिक वर्षदेखि नै लागू गर्ने गरी तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्