Logo

चर्काचर्की भएपछि नेकपा बैठकबाट बाहिरिए प्रधानमन्त्री ओली



Spread the love

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा केन्द्रीय सचिवालय बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेका बालुवाटार श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको बालुवाटार स्रोतले बताए । भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्