Logo

कोरोनाः विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भइ कोरोना भाइरस विश्वभर फैलिएको छ । विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।

१. चीनको बुहानमा स्कुल खुलेका छन् । कोरोना संक्रमणको पहिलो केस गएको सालको डिसेम्बरमा बुहानबाटै आएको थियो । तर स्कुलमा छात्र मात्र आएका छन् । छात्रहरुलाई परीक्षाको तयारी गर्नु छ । सरकारी मिडिया अनुसार बुहानमा ५७ हजार छात्रहरु रहेका छन् ।

२. चीनको हुबेइ प्रान्तमा ३२ दिनदेखि संक्रमणको एक पनि केस आएको छैन । चीनको सरकारी मिडिया सिन्हुआले जानकारी दिएको छ । चीनमा जम्मा दुई केसमात्र भेटिएका छन् । चीनमा ८२ हजार ८८३ जना संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको ज्यान गएको छ । तर धेरैले चीनले तथ्यांक लुकाएको आरोप लगाएका छन् ।

३.बुधबार जारी गरिएको भारतीय स्वास्थ्य मन्त्रालयको ताजा आंकडा अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ४९ हजार ३९१ पुगेको छ । १ हजार ६९४ जनाको ज्यान गइसकेको छ । उपचार भइ घर फर्किनेहरुको सङ्ख्या पनि बढिरहेको छ । भारतमा १४ हजार १८३ जना निको भइ घर फर्केका छन् ।

४. जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ३६ लाख ५९ हजार ७५९ पुगेको छ । यस भाइरसबाट २ लाख ५६ हजार ८९४ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा १२ लाखभन्दा बढी संक्रमित भएका छन् भने ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

५. यूरोपमा सबैभन्दा बढी मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोरोनाबाट २९ हजार ४२७ जनाको ज्यान गइसकेको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रबले ठुलो त्रासको उपमा दिएको छन् ।
यसभन्दा पहिला सबैभन्दा धेरै मृत्यु इटालीमा भएको थियो । इटालीमा मृत्यु हुनेहरुको सङ्ख्या २९ हजार ३१५ रहेको छ । यसै गरी स्पेनमा २५ हजार ६१३ जनाले ज्यान गुमाइसकेका छन् ।

६. बेलायतका प्रोफेसर नील फग्र्सुसनले सामाजिक दुरी पालना नगरेको कारणले पदबाट राजीनामा दिएका छन् । उनी कोरोना मामिलामा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । उनैले बेलायतमा लकडाउन गरिनुपर्दछ भनी सिफारिस गरेका थिए । उनी आफूले गल्ती गरेको स्वीकार्दै पदबाट राजीनामा दिएका थिए ।

७. पोर्चुगलले एक लाख तीस हजार प्रवासीहरुलाई अस्थाई कानुनी आवास प्रमाण पत्र प्रदान गरेको छ । महामारीको बेलामा उठाएको यस कदम असाधारण रहेको छ ।

८. विज्ञहरु लकडाउनको कारणले यो साल काबर्नको उत्सर्जन कम हुने बताएका छन् । कार्बन उत्सर्जन आठ प्रतिशतले कमी आउने आशा गरिएको छ ।

९. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस कोरोना भाइरस टास्क फोर्सलाई खारेज गर्ने बताएका छन् । उनले राम्रोसँग काम गर्न नसकेको र यसमा फेरबदल गरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्